नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार लथालिङ्ग

  • आश्विन ३, २०८०
  • कालापानी मिडिया
alt

नेपालगन्ज । हजारौं विद्यार्थी उत्पादन गरेको पश्चिम नेपालकै बाँकेको नेपालगन्ज स्थित सबैभन्दा ठुलो महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार भताभुङ्ग लथालिङ्ग बनेको छ । उक्त क्याम्पसमा पढेका,राजनीति गरेका विद्यार्थी नेता कोही सांसद छन् त कोही पालिकाका प्रमुख भएका छन् तर क्याम्पसको हरिबिजोग देखेर कसैको मन भने पग्लिएको छैन । जतिसुकै क्याम्पस खुले पनि महेन्द्र बहुमुखी क्याम्पसमा पढ्नेको क्रेज भने घटेको देखिदैन । जुनसुकै बर्गको बिद्यार्थीको रोजाई बनेको छ महेन्द्र बहुमुखी क्याम्पस । थोरै खर्चमा गुणस्तरीय पढाई हुने गरेका कारण पश्चिम नेपालका सबै जिल्लाका विद्यार्थीहरु यहाँ पढ्छन् । यतिका विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसको पूर्वाधारको दया लाग्दो अवस्था देख्दा नीति निर्माताप्रति आक्रोस व्यक्त गर्नेको कमी छैन । क्याम्पसका पुराना भवनमा विद्यार्थीलाई अध्यापन गराउनै नमिल्ने अवस्थामा पुगेको बताउँछन् ।

भवनको अवस्था एकदमै जिर्ण रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालामणि आचार्य बताउँछन । क्याम्पसको दक्षिणतर्फ रहेको भवनको छतबाट ईट्टा र कक्रिट खस्ने गरेको ,प्राय सबै कोठाहरुको छतमा उस्तै अवस्था रहेको उनको भनाई छ।सम्वन्धित निकायमा सबै ठाउँमा धाएको ,सबैले आश्वासन पनि दिएको तर अन्त्यमा माछामाछा भ्यागुतो भने झै भएको उनको भनाई छ ।

क्याम्पसमा टाढाबाट पढन आउने विद्यार्थी बस्ने छात्रावासदेखि पठन पाठन हुने केहि भवनहरु जिर्ण अवस्थामा पुगिसकेको स्वतन्त्र विध्यार्थी युनियनका सभापती माधव खत्री बताउँछन। यति जोखिम छ की कुनै बेला अप्रिय घटना घट्छकी भन्ने त्रासमा विद्यार्थीहरुपढ्न वाध्य रहेको उनको भनाई छ ।

क्याम्पसको विकासको लागी भनेर विभिन्न संकायबाट विभिन्न वहानामा विध्यार्थीहरुबाट ४५ सय देखि ५४ सय सम्म क्याम्पस प्रशासनबाट फिस लिने गरेको ५ देखि ६ वर्षको अवधीमा १० औँ करोड रुपैयाँ हुँदा समेत क्याम्पस भवन जिर्ण अवस्थामा पुग्नु विश्वध्यिालयमा करप्सन हुने गरेको पुर्व स्वतन्त्र विध्यार्थी युनियनका सचिव कृष्णराज पान्डे बताउँछन । साथै उनले विश्वविध्यालयहरु तिनवटा पार्टीले कमाईखाने भाँडो बनाएको समेत आरोप लगाएका छन ।

सघिँय सरकारबाट सडकबाटो बनाउनको लागी त बजेट छैन भनिराखेको अवस्थामा महेन्द्र क्याम्पसको लागी आफु सघिँय सांसदको हैसियतले पहल गर्न सक्ने तर विश्वास र भरोस गर्न नसकिने सघिँय सांसद डा धवल सम्सेर राणा बताउँछन ।

यी भवनहरु २०१९ सालमा राजा महेन्द्रको पालमा बनेका हुन् । यसरी हेर्दा ती भवनहरु ६० वर्ष भन्दा बढी पुराना भएको देखिन्छ । सरदरमा कुनै पनि भवनको अधिकतम आयु ५० वर्ष हुन्छ ।

महेन्द्रमा हाल अध्ययनका लागि आउने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ । हाल महेन्द्रमा ७ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरिरहेका छन् । तर क्याम्पसका भौतिक संरचना एवम् कक्षा कोठा भने ज्यानमारा बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved