सरकारले भन्यो-शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ

  • आश्विन ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले शिक्षकसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट पारेको छ । कार्यवाहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् ।
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै उनले शिक्षक महासंघले अहिले राखेका मागहरुमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको बताए । उनले भने, ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन् । त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर हामी शिक्षा नियमावलीमा सम्बोधन गर्छौ भन्न सकिन्छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने बताए । ‘यो पनि उहाँहरुको माग छ यसमा पनि हामीले सल्लाह गरेका छौ । यसमा कुनै समस्या छैन’ कार्यबहाक प्रधानमन्त्री खड्काले भने, ‘बीचमा उहाँहरु छलफलमा बस्नुभएको भए धेरै कुरा क्लियर हुन्थ्यो । उहाँहरुले पनि भन्न पाउनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved