राष्ट्रपतिले उद्घाटन गर्ने सभाहलको तयारी अन्तिम चरणमा

  • आश्विन ५, २०८०
  • कालापानी मिडिया
alt

तनहुँ । तनहुँको व्यासनगरपालिका–३ बिपी बनबाटिकामा निर्माण गरिएको दमौली सभाहलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल असोज ६ गते तनहुँ आउँदै छन् ।

राष्ट्रपतिले उद्घाटन गर्ने सभा हलको तयारी करिब पूरा भएको छ । दमौली सभाहलको सनिवार दिउँसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति तनहुँ आउने भए सँगै सुक्रवार बिहान जिल्लाका सुरक्षा निकाय लगायतका सरोकार वाला निकायहरूको सर्वदलीय बैठक बसेको थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी छवि रिजाल , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , जिल्ला समन्वय अधिकारि थमन सिंह थापा लगायत जिल्लाका सबै राजनीतिक दल , नेपाली सेना , प्रहरी , विभिन्न संघसंस्था , क्लव लगायतका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । बैठकले राष्ट्रपति पौडेलको पहिलोपटक तनहुँको आवागमन सफल बनाउन सबै क्षेत्र एकजुट भइ लाग्ने निर्णय गरेको छ ।

राष्ट्रपति पौडेल सनिवार नेपाली सेनाको हेलिकप्टरबाट भानु १३ ठुलो ढुंगाको एक बिद्यालयमा ११ : ३० मा झरेपछि ३ किलोमिटर जति कच्ची बाटो हिँडेर भंगेर थान मा पुजा गरि १२ बजे पुजा सकेर निस्कने कार्यक्रम रहेको छ । पुजा सकेपछि राष्ट्रपति पौडेल कालिभन्याङ गण चापाघाटमा अवतरण भए पछि दमौली सभाहल उद्घाटन गर्न आउने छन् ।

राष्ट्रपति पौडेल ट्राफिक चोक, सफासडक हुँदै विपीको सालिक अनावरण सकेर सभाहलमा पसि सिलालेख अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वयका प्रमुख शान्तिरमण वाग्लेले बताए । राष्ट्रपतिको स्वागतको लागि गेटमा जातीय पहिचानका ड्रेस लगाउने , फुलले स्वागत गर्ने समेत वाग्लेले बताए । हल भित्र नअट्ने उपस्थित व्यक्तिहरूलाइ स्कृन राखेर बाहिर बाटै भित्रको सबै हेर्न मिल्ने ब्यवस्था मिलाइएको छ । राष्ट्रपतिको सुरक्षाको लागि नेपाली सेना , शसस्त्र प्रहरी र जनपद प्रहरी खटिने भएका छन् ।

राष्ट्रपति पौडेल आउने भएपछि सभाहल र त्यस आसपास तथा बजार क्षेत्रमा रंङरोगन गरी चिटिक्क पारिएको छ । अहिले सभाहलमा साउण्ड सिष्टम जडान लगायतका फिनिसिङ्का कामहरू भइरहेको छ । २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ लागतमा निर्माणधिन उक्त भवनको श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि. काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । ०७४ साल पौष १३ मा सम्झौता भइ २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि कोरोनाका कारण निर्माण कार्यमा केही ढिलाई हुन गएको हो ।

७ सय ५० जना क्षमताको सभाहलमा कुर्सीहरू मिलाइएको छ । करिब ६ हजार ५ सय स्क्वायर फीट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा निर्माण गरिएको हो । भवनको लम्बाई ७५ र चौडाई ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । ४ ढलानको उक्त भवनको भुई ढलानमा पार्किङ , दोस्रो तल्लामा स्टेज , तेश्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्ष लगायतका सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved