कांग्रेसले बोलायो सांसदहरुको बैठक, विद्यालय शिक्षा विधेयकमा छलफल गरिने

  • आश्विन ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न सांसदहरुको बैठक बोलाएको छ ।

कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ । त्यस कार्यक्रम अन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ । विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका हुन् ।

शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् ।

प्रमुख सचेतक लेखकका अनुसार असोज ११ गते विद्युत विधेयकमाथि छलफल गर्ने तय भएको छ । विद्युत विधेयक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved