कच्चा तेलको भाउ प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण

  • आश्विन ६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आगामी वर्षसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकाको जेपी मोर्गन बैंकका उर्जा विश्लेषकले आगामी वर्ष कच्चा तेलको भाउ १५० डलर पुग्ने दाबी गरेका हुन । तेल बजारमा मन्दी नै छायो भने पनि प्रति ब्यारेल ८० डलर भन्दा तल नझर्ने उनीहरुको दाबी छ ।

अहिलेकै हिसाबाले तेल उत्पादक देशहरुले उत्पादनमा कडाई गरिरहने हो भने मूल्य सजिलै १५० डलर पुग्ने बैंकको तर्क छ । यो वर्ष नै कच्चा तेलको मूल्य ४० प्रतिशत बढिसकेको भन्दै जेपी मोर्गान बैंकका प्रमुख उर्जा विश्लेषक क्रिस्टियान मालेकले उत्पादनमा लगानी नबढाउने हो भने बढ्ने भनेको मूल्य नै हो भनेका छन् ।

उनले सन् २०३० सम्ममा तेल उत्पादनको लगानी ३ खर्ब डलरले घट्ने अनुमान पनि गरेका छन् । तेल उत्पादनमा लगानी घट्दा त्यसले अन्तर्राष्ट्रिय बजारमा उर्जा संकट ल्याउन सक्ने चेतावनी पनि मालेकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved