चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ-परराष्ट्रमन्त्री साउद

  • आश्विन ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

बेइजिङस्थित नेपाली राजदूतावासमा आइतबार आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चमत्कारिक आर्थिक प्रगति प्रशंसा गरे । उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताए ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल(चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढरूपमा प्रतिबद्ध रहेको बताए । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहना समेत गरे।

उनले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकताअनुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए ।
विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि हामीलाई चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरे ।
परराष्ट्रमन्त्री साउदले नेपाल(चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापारि सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबीचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved