अब दैनिक २० किलोसम्म सुन ल्याउन पाइने

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कोटा बढाएको छ । हाल दैनिक १० किलोग्राम (केजी)सम्म सुन आयात हुँदै आएको थियो । तर, अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।
हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्दै आएको छ ।

यसअघि दैनिक सुन आयातको कोटा २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved