नेकपा ब्युताउँन अब सम्भव छैन - ओली

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा व्युँताउन सम्भव नरहेको बताएका छन् । बुधबार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले नै जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको दावी गरे ।

अध्यक्ष ओलीले भने, ‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन । नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले नै हो जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन् ।’ ‘कम्युनिष्ट हुँ’ भन्नेहरू अब एमालेमा आउनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले प्रदेश अधिवेशन सकेसम्म सहमतिमा नेतृत्व चुन्न आग्रह गरे । सहमति नभए चुनावी प्रतिस्पर्धा हुने उनको भनाइ छ । तर, अधिवेशन सकिएपछि जित र हारभन्दा पनि पार्टीका काममा लाग्नुपर्ने उनले सुझाए ।

अहिले एमालेमाथि घेराबन्दी भइरहेको बताउँदै उनले भने, ‘विदेशीको इसारामा चल्नेहरूले अहिले सरकार चलाइरहेका छन् । एमाले राजनीतिक नेतृत्व मात्र होइन विकास र समृद्धिको पनि अगुवाइ गर्न सक्ने पार्टी हो ।’ अहिलेको सरकारले विपक्षीका कुरा नसुन्ने ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved