११ लाख अफगानी शरणार्थीलाई पाकिस्तान छोड्न आदेश

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

इस्लामाबाद । पाकिस्तान सरकारले ११ लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने निर्णय गरेको छ। तहरीक–ए–तालिबान आतङ्ककारीले पाकिस्तानी सेनामाथि आक्रमण गर्न थालेपछि पाकिस्तानले यस्तो निर्णय लिएको हो।

केही समययता सीमा क्षेत्रमा गोली हानाहान भइरहेको छ। पाकिस्तानी सेनाले तोर्खाम नाका बन्द गरेर अब अफगानिस्तानबाट आउने शरणार्थीमाथि ठूलो कारबाही गर्ने कडा सन्देश दिएको छ।

एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार पाकिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानबाट आएका ११ लाख शरणार्थीलाई फिर्ता पठाउन अनुमोदन गरेको छ।

पाकिस्तानले यी अफगानी अवैध रूपमा आफ्नो देशमा बसिरहेको दाबी गरेको छ। अफगानिस्तानमा अगस्ट २०२१ मा तालिबान सरकार आएपछि ४ लाख अफगानी अवैध रूपमा पाकिस्तान प्रवेश गरेको पाकिस्तानले बताएको छ।

यसैगरी देशमा अवैध रूपमा बसोवास गरिरहेका ७ लाख अफगान नागरिकको पहिचान भइसकेको स्रोतले जनाएको छ।

पाकिस्तानी मन्त्रिपरिषद्ले ती अफगानीलाई उनीहरूकै देश फिर्ता पठाउने व्यवस्था मिलाउन अधिकारीहरूलाई आदेश दिएको छ। ती ११ लाख अफगानी शरणार्थीसँग पाकिस्तानमा बस्न न त भिसा छ न वैध कागजात नै।

पाकिस्तानले यो निर्णयका बारेमा अफगानिस्तानको तालिबान सरकारलाई जानकारी गराइसकेको छ। टीटीपी आतंकवादीसँग विवाद बढेका वेला पाकिस्तानले अफगानी शरणार्थीहरूविरुद्ध यस्तो कदम चालेको हो।

पाकिस्तानले टीटीपी आतंककारीलाई कारबाही गर्न पटक पटक तालिबान सरकारलाई भन्दै आएको छ। तालिबानले बारम्बार उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यद्यपि तालिबान सरकारले उनीहरूलाई अहिलेसम्म कुनै कारबाही गरिरहेको छैन।

पाकिस्तानको यो कदमपछि अब तालिबान सरकारले जवाफी कारबाही गर्न सक्नेछ। टीटीपीले पाकिस्तानी सेनाविरुद्धको आक्रमण तीव्र बनाएको छ। हालै टीटीपीले पाकिस्तानको चित्राल जिल्लाको ठूलो क्षेत्र कब्जा गरेको थियो। उनीहरू अझै ती पहाडी शिखरमा बसिरहेको बताइएको छ। उनीहरूले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved