प्रदेश सांसदसहितको टोलीद्वारा विद्यालयमा छड्के अनुगमन

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

मनोज माझी, राजविराज ।
सप्तरीका धेरैजसो सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन नसकेको तथा विद्यार्थी उपस्थिति संख्या पनि घट्दै गएको जनगुनासो आएपछि बुधबार प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले छड्के अनुगमन सुरु गरेको छ ।
पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको हो । अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् । टोलीको नेतृत्वकर्ता प्रदेश सांसद साहले विद्यार्थी र विद्यालयको समस्या बुझ्नुका साथै सामुदायिक विद्यालयको अवस्था सुधारका लागि छड्के अनुगमन थालिएको बताइन् ।

अनुगमनका क्रममा विद्यालयहरुमा देखिएको दुरावस्था बारे चिन्ता व्यक्त गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउनुका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् । विद्यालय पुगेर सांसद साह नेतृत्वको टोलीले त्यहाका विद्यार्थी र शिक्षकसँग साक्षात्कार मात्र गरेनन् केही बेर विद्यार्थीलाई पढाउने काम समेत गरे ।

सोह अवसरमा विद्यार्थीहरुले शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनु पर्ने बाध्यता रहेको गुनासो पोखेका थिए । फर्सैठको आधारभुत विद्यालयमा १ सय ७९ जना विद्यार्थी छन् । तर सांसदसहित टोली अनुगमनमा जाँदा ७६ जना विद्यार्थी मात्रै उपस्थित थिए । अधिकांश विपन्न तथा दलित परिवारका विद्यार्थी पढ्ने उक्त विद्यालयमा नियमित रु. पमा ७०/८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले टोलीलाई सुनाएका थिए । अनुगमनका क्रममा प्रधानाध्यापक रुद्रानन्द झाले साधन श्रोतले भ्याएसम्म विद्यालयमा आकर्षण गराउन तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता टोलीसमक्ष व्यक्त गरेका थिए । टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले अनुगमनका क्रममा देखिएका त्रृटी सच्याउन दुबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिँदै अर्को पटक आउँदा ती सबै समस्याको समाधान गर्न सचेत गराएका थिए ।

जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थालिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved