युरोपको विरामी- टर्कीबारे केही रोचक तथ्य

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । युरोप र एसिया महादेशको सिमानामा पर्ने मुलुक टर्कीलाई एसिया र युरोप बीचको पुल पनि भनिन्छ ।

टर्कीलाई अर्को अनौठो नामले पनि चिनिन्छ, त्यो हो ‘युरोपको विरामी’ । आखिर टर्कीलाई किन युरोपको बिरामी भनिन्छ त रु यसको अनौठो इतिहास छ ।
टर्कीको इतिहास निकै पुरानो तथा गर्विलो छ । इशापूर्व युनानीहरुको बसोबास तथा स्थानान्तरण अनि पछि सन् ८०० देखि १४०० सम्म तुर्क जातिको प्रादुर्भाव टर्कीको इतिहासका प्रमुख लिखित घटनामध्ये पर्दछन् ।

इतिहास अनुसार इशापूर्व १२०० ताका होमरको ओडिसीमा वर्णन गरिएअनुसार ट्रोयको युद्धमा पनि टर्कीको पश्चिमी तटमा ट्रोयबासी तथा युनानी द्विपमा रहेको साम्राज्यको बीचमा भएको थियो ।

इतिहासमा टर्की विभिन्न साम्राज्यहरुको अधिनमा रह्यो । ५३० इशापूर्वमा टर्की इरानको फारसी साम्राज्यको हिस्सा बनेको थियो । त्यस्तै युनानीहरुसँगको युद्धका कारण टर्की कैइन् वर्षसम्म ग्रिक र इरानी साम्राज्यबीच बाँडियो ।

इशापूर्व ३३० मा पुनः टर्की अलेक्जेन्डर महानको मेसेडोनियन साम्राज्यको अधीनमा आयो र पछि यो रोमन साम्राज्य तथा सासानी साम्राज्यको पनि हिस्सा बन्यो । सासानी साम्राज्यको अन्त अर्थात् सन् ६३५ पछि त्यहाँ इस्लाम धर्मको प्रचार भयो र पछि त्यो औगुज, सल्जूक तथा उस्मानी टर्किस सुन्नी इस्लाममा परिणत भयो ।

१६ औँ शताब्दीताका टर्किस अर्थात् अटोमन साम्राज्यले पूरै टर्कीमा कब्जा जमायो । १८ औँ सताब्दी सम्म अटोमन साम्राज्य निकै विशाल तथा शक्तिशाली बनेको थियो । तर टर्किस सुल्तानहरुको विलासी प्रवृत्ति तथा अत्याचार नै उक्त साम्राज्यको पतनको कारण बन्यो ।

अटोमन सुल्तानहरुको अत्याचार टर्कीमा यतिधेरै बढ्यो कि त्यहाँ बस्ने मानिसहरु विस्तारै आफ्नो स्वतन्त्रताका लागि आन्दोलन सुरु गरे । जसका कारण अटोमन साम्राज्य कमजोर हुन थाल्यो । १९ औँ शताब्दीमा उक्त साम्राज्यको पतनको प्रक्रिया लगातार बढ्दै गयो । विस्तारै टर्कीको अवस्था यति कमजोर बन्यो कि टर्कीको नाम नै युरोपको विरामी रहन गयो ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved