यस्तो छ आज तपाईको राशिफल

  • आश्विन ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल असोज ११ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश

मेष - दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

वृष - बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन - आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट - भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

सिंह - दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या - दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला - सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक - दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु - दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर - दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ - मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन - आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved