एमाले बागमतीमा किचलो, मतदानको समय सरेको सर्‍यै

  • आश्विन ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ । प्रदेशको नेतृत्व चयनको लागि उम्मेदवारी दर्ता भएसके पनि नेताहरूको विवादका कारण मतदानको समय सरेको सर्‍यै भएको छ । उम्मेदवारी दर्ता बुधबार नै सकिए पनि उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गरिएको छैन ।

यसअघि बिहान ११ बजे, दिउँसो १ बजे, दिउँसो ४ बजे र साँझ ६ बजेबाट मतदान सुरु गर्ने भनिएपनि सर्दै आएको छ । साँझ ६ बजेसम्म पनि नेताहरूबीच कुरा नमिल्दा भोलि ९शुक्रबार०सम्मको लागि मतदान सरेको हो । भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए । विवादका कारण मतदान सरेपछि नेताहरुले भने सर्वसम्मत गराउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ उम्मेदवार छन् । हालका प्रदेश अध्यक्ष केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, राजेन्द्र राजथला, सुभाषचन्द्र ठाकुर रहेका छन् । सचिवमा रामकुमार अधिकारी, नवराज सिलवाल, रत्न गुरुङ, हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् । २ जना उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, गंगादेवी श्रेष्ठ, टासी लामाको उम्मेदवारी परेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सम्पन्न भएको थियो । मंगलबार नै निर्वाचन कार्यक्रम सक्ने जनाएको एमालेले सहमतिका लागि भन्दै तेस्रो पटक निर्वाचन तालिका परिमार्जन गरेको छ ।

यसअघि भदौको तेस्रो साता लुम्बिनीमा भएको अधिवेशनमा सर्वसम्मत गर्न केन्द्रले निर्देशन दिए पनि मतदानबाट नेतृत्व छनोट भएको थियो ।निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेबाटै मतदान सुरु हुने भनिएको थियो । तर, नेताहरूको विवादका कारण भोलि (शुक्रबार) बिहानसम्मको लागि मतदान सरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved