काठमाडौ । सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण विरुद्धको विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
राप्रपाका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार विज्ञप्ति प्रकाशित गरी राप्रपाको सहयोग घोषणा गरेका हुन्।सरकारले खडा गरेको कोषमा विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित प्रधानमन्त्रीको कार्यालयका सदस्यहरुले समेत रकम सहयोगको घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved