स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ - गृह सचिव भट्टराई

  • आश्विन १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताएका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताएका हुन् । उनले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाए।

उनले भने, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार छ । गृह मन्त्रालय सुरक्षा व्यवस्था गर्न तयार छ । वार्ता, संवादद्वारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी छैन । उहाँहरू सडकमा आएको ६र८ घण्टाभित्र तपाईँहरूले राखेको बटमलाइन कार्यान्वयनमा गएको छ ।’

बैठकमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीसम्बन्धी ऐन अपूरो भएको बताउ। उनले चिकित्सकहरूमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ सङ्कल्प अहिलेको आवश्यकता रहेको उल्लेख गरे । स्वास्थ्यका समस्याहरू सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका फाइलहरू अर्थ मन्त्रालयमा चाङ लागेर बसेको उनले गुनासो गरे।

अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीहरूको दरबन्दी नथपिने, चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताए। उनले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापर्बाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताए। उनले ुमेडिकल प्राक्टिसु शतप्रतिशत नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved