एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

  • आश्विन १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।

गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भए । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

दुई उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । साथै, लेखा आयोग अध्यक्षमा श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved