गोर्खा जनकल्याण संघको नयाँ समिती गठन

  • आश्विन १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गोर्खा जनकल्याण संघको १६ बार्षीक साधरणसभाले नयाँ समिति चयन गरेको छ ।

किशोरराज वन्तको अध्यक्षतामा गठित समितिको को उपाध्यक्षमा राजु भण्डारी, महासचिवमा बलराम भटटराईलाई भयन गरेको छ । समितिको सचिवमा शेरबहादुर भण्डारी र कोषध्यक्षमा सुजनकुमार चयन श्रेस्ठलाई गरेको छ । समितिका अन्य सदस्यमा अच्युत भण्डारी, लक्ष्मी भट्ट , दिनेशराज वन्त,आमोद श्रेष्ठ, अनिशा अधिकारी चयन भएका छन् ।

टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि टोखा ११ न वडाका वडा घनश्याम खड्का रहेका थि । मानवताको रक्षा गरौ भन्ने मूल नारा लिएर स्थापित संस्थाले मानव सभ्यता कायम राखी असाहय दिन दुखिहरूको सेवा गर्दै आइको छ । मानवलाई बचाउने मानव नै भएकाले समाजसेवामा लाग्नका लागि सबैलाई संस्थाले आब्हान गरेको छ ।

संस्थाले नैतिक शिक्षालाई जोड दिदैं समाज सेवामा विभिन्न तरिकाबाट खटिनु भएका तथा संस्थाको लक्ष्य पूरा गर्न गराउन सेवा गर्ने समाजसेवीलाई सम्मान समेत गरेको थियो । संस्थाले विभिन्न समिति उपसमिति समेत गठन गरेको छ । संस्थाको कार्यलाई मानवसेवामा समर्पित गर्दै मानवताको रक्षामा हातेमालो गर्दै अघि वढ्न र बडाउनका लागि संस्थाको सदस्य तथा आजिवन सदस्यहरूलाई सक्रिय भई सल्लाह सुझावका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved