जनक साउद, बैतडी ।
कोरोना भाईरस कोभिड 19 को संक्रमण बढ्दै गए पछि भारत सरकारले गरेको लकडाउनका कारण भारतमा रहेका नेपालीहरु समस्यामा परेका छन ।
मंगलबार राती देखि भारत सरकारले पुरै भारत लकडाउन गरे पछि रासन पसलहरु पनि बन्ध हुदा निकै समस्या भएको दिल्लीमा रहेका बैतडीका टेक भण्डारीले बताए । उनले भने" नेपाल आउन सकिएन , भारत सरकारले गरेको लक डाउनका कारण निकै समस्या भएको छ, कोठामा पुरै रासन सकिएको छ । " दिल्लिको वसन्त कुन्जमा रहेको सौल होटेलमा काम गर्ने भण्डारीले होटेल पनि बन्ध हुदा र कोठामा पनि रासन नहुदा निकै मर्कामा परेको बताए ।
रासनको लागि मालिकलाई आग्रह गर्दा नि कुनै सहयोग नपाईएको उनको गुनासो छ । भारत सरकारको लकडाउनका कारण आफू जस्तै सयौ नेपाली भोकै बसि रहेको उनले बताएका छन । भोक भोकै बस्न सकिने अबस्था नरहेकोले नेपाल सरकारले आफुहरुको समस्याको समाधनको लागि उनिहरुले आग्रह गरेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved