इजरायल घटना प्रती राजा ज्ञानेन्द्रद्वारा दुख व्यक्त

  • आश्विन २२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहाले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु प्रती दुख व्यक्त गर्नु भएको छ ।

राजा ज्ञानेन्द्रले यस्तो विषम परिस्थितिमा रहेका नेपालिको उपचार, उद्दार र नेपाल फर्काउने कार्यमा तत्परता देखाउन र कुटनैतिक पहल गर्न पनि सरकारलाई आग्रह गर्नु भएको सम्बाद सचिवालय ले जनाएको छ । राजा ज्ञानेन्द्रको सम्बाद सचिवालय द्वारा जारी बिज्ञप्ती जस्ताको तेस्तै

सम्पूर्ण श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गहिरो दुःख क्यक्त हालै इजराईलमा भड्किएको दुई पक्षीय युद्धमा परि १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको र अरु कयौं घाइते भएकोमा हामीलाई गहिरो दुःख लागेको छ । अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा हामीलाई गम्भिर चिन्ता लागेको छ । यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौं । आजको दुनियाँमा कहिं पनिं द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने हाम्रो धारणा रहेको छ । सम्बाद सचिवालय मिति २०८० साल असोज २२ गते

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved