सद्भाव विनाको राष्ट्र परिकल्पना गर्न नसकिने राजा ज्ञानेन्द्र शाहको भनाइ, देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति चिन्ता व्यक्त

  • कार्तिक ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले देशमा बढेको चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

शुक्रबार विजया दशमीको शुभकामना सन्देश मार्फत राजा शाहले व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु पर्ने बेलामा साँझ विहानको जीवन यापन समेत कष्टकर बन्दै गएको उहाँको भनाइ छ ।

राजा शाहले देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु नहुने भन्दै जनचाहना अनुसार देश चल्नुपर्ने बताउनुभयो । जनताले खोजेको र रोजेको सही पात्रले देश संचालन गर्न पाउनुपर्ने उहाँको भनाई छ । यस्तै उहाँले एक अर्काप्रति द्वेश भावना नराखी आ आफ्नो आस्था र धर्म मनाउन समेत आग्रह गर्नु भएको छ । सद्भाव विनाको राष्ट्र परिकल्पना समेत गर्न नसकिने भन्दै राजा शाहले नेपाली नेपालीविच भेदभाव गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

उहाँले डेढ दशक यताका अवधिमा नेपालीमा उत्साह हराउँदै गएको , भोक, शोक, रोग र महंगीले जनता आजित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ । विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्यो, न सुधार आयो । हाम्रो देश झन झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ भन्दै राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राजा शाहको शुभकामना सन्देश जस्ताको तस्तै

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०८० को उपलक्ष्यमा बक्सेको शुभकामना
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबै नेपाली हौं । यो साझा फूलवारीलाई सजाउनु, सिंर्गानु अनि यसको माली बनेर यो सुन्दर बगैंचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौं भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ । धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो ।

अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिदैन । डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ । विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ विहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?
जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन हाम्रो यही चाहना हो ।
श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।
जय नेपाल ।
मिति २०८० कार्तिक ३ गते

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved