अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र प्रहरीले दमनको राप्रपाद्धारा विरोध,गिरफ्तार गरिएकाको रिहाइ गर्न माग

  • मंसिर ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको राप्रपाको आरोप छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताए । प्रवक्ता श्रेष्ठले कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरे । उनले एक विज्ञप्ती नै जारी गर्दै शान्तिपूर्ण आन्दोलनमाथी प्रहरीले गरेको दमन र धरपकडको निन्दा गर्दै गिरफ्तार गरिएका सबैको बिना सर्त रिहा गर्न समेत माग गरेका छन् ।

‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक भएको राप्रपाको ठहर छ । राप्रपाले आफ्ना कार्यकर्ता छानी छानी निशाना बनाएकोप्रति खेद प्रकट गर्दै पक्राउ परेकाहरुलाई तुरुन्तै रिहा गर्न र पुर्वनिधारित कार्यक्रमहरु निर्वाध सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

400331993_1081778109667735_2916725956813826176_n

‘उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको विरोध गरेका छन् । धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले आफूलाई तत्काल सच्याउन माग गरेका छन् ।

‘शान्तिपूर्ण ढङ्गले हिंड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्’, उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved