नजरबन्दमा राखेको भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर, अब झन् सशक्त भएर अगाडी बढ्न आह्वान

  • मंसिर ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ ।
शुक्रबार ललितपुरनिवासी डा.सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। सर्वोच्चले १० मंसिरलाई तारेख तोकेको छ ।

सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई घरमै अघोषित नजर बन्दमा राखेको छ । प्रहरीले प्रसाईंको घरघेरा हाली उनलाई घर बाहिर निस्कन दिएको छैन ।

राजधानी केन्द्रीत आन्दोलन सुरु गरेर एकाएक चर्चामा आएका व्यावसायी दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार उनको घरबाट बाहिर निस्कन दिएन । भक्तपुरस्थित प्रसाईंको घर बिहानैदेखि प्रहरीको घेरामा परेको थियो । प्रहरीले प्रसाईंलाई नै सुरक्षा दिन प्रहरी तैनाथी बढाएको भने पनि उनलाई सरकारले अघोषित नजरबन्दमै राखेको देखिएको हो ।

प्रसाईंलाई घरभित्रै सीमित गरेपछि प्रदर्शनकारीहरुको भीडले सुरक्षा घेरा तोड्ने प्रयास गर्दै सरकारविरुद्ध व्यापक नारावाजी गरेका थिए । प्रसाईंलाई नजरबन्द गरिएको मात्रै नभई उनको निवासभित्र जान खोज्नेहरुलाई पनि प्रहरीले केरकारको शैलीमा सोधपुछ गर्ने गरेका थिए । यति मात्रै होइन शान्तिपूर्ण आन्दोलमा हिडेका दर्जनौं युवाहरु प्रहरीको नियन्त्रणमा छन्् । प्रहरीले राप्रपाका कार्यकर्ता समेत पक्राउ गरेको छ ।

यता नजरबन्दका बीचमा आफ्नो निवासमा पुगेका पत्रकार र समर्थकहरुलाई सम्बोधन गर्दै प्रसाईंले धरपकड र नजरबन्दले आफुहरुलाई केही फरक नपार्ने बताए । अब झन् सशक्त रुपमा अगाडि बढ्न उनले समर्थकहरुलाई आह्वान समेत गरे। प्रसाईं निवासमा जम्मा भएका प्रदर्शनकारीहरुको भीडले सरकारले नै लोकतान्त्रिक गणतन्त्रको धज्जी उडएको भन्दै आफूहरु पछि नहट्ने प्रतिवद्धता जनाए ।

नजरबन्दमा रहेका प्रसाईलाई भेट्न गएको नेपाल मानवअधिकार संगठनका प्रतिनिधिहरुसंग समेत प्रसाईले भेट्न अस्वीकार गरे । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रसाईं पक्षविरुद्ध सरकारले गरको ब्यवहारले राज्य आतंकको झलक दिएको त छ नै लोकतन्त्रको समेत धज्जी उडाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved