प्रसाईंको आन्दोलनमा जनतामाथि दमन गरेको प्रति वीर गोरखाली आपत्ती, पक्राउ परेका नागरिकको रिहाईको माग

  • मंसिर ८, २०८०
  • कालापानी मिडिया
alt

दुर्गा प्रसाईंको आन्दोलनमा आएका जनतामाथि दमन गरेको प्रति वीर गोरखाली पनि आपत्ती जनाएको छ । वीर गोर्खाली अभियानका अभियन्ता सौरभ भण्डारीले विज्ञप्ती जारी गर्दै सरकारले सत्ता र शक्तिको दुरुपयोग गर्दै नागरिकमाथी दमन गरेको प्रति आपत्ती जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, कथित गणतन्त्रको नाममा सत्ता र शक्तिको दुरुपयोग गर्दै नागरिकमाथी गरिएको ज्यादती एवं दमन प्रती वीर गोर्खाली अभियानको गम्भीर ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रुपमा कुनैपनी नागरिकले आफ्नो बिचार राख्न पाउने नैसर्गिक अधिकार माथी अंकुश लगाउन खोजिएको छ । राजाको पालामा बोल्न पाइदैन थियो बोल्न पाउने अधिकार गणतन्त्रले दिएको छ भन्दै जनतालाई भ्रम छर्नेहरुको नेतृत्वको सरकारले आज नागरिकको बोल्न पाउने अधिकार माथी प्रतिबन्ध लगाएको छ ।

२०६२/०६३ मा तत्कालीन सरकारले यसरी दमन र धरकपट गरेको भए गणतन्त्र संभावना थिएन। तर जनता प्रती जिम्मेवार तत्कालीन श्री ५ को सरकारले संबिधानले दिएको नागरिकको अधिकार माथी दमन गरेन । ०६२/०६३ मा नागरिकले आफ्नो बिचार राख्न कसैको अनुमती लिनुपरेन । आज जनताको बोल्न पाउने अधिकार लुटिएकोले लोकतन्त्र लुटतन्त्र हो भन्ने पुनः पुष्टि भएको छ।

यसैक्रममा आज हजारौं नागरिकलाई काठमाडौ लगायत देशका विभिन्न ठाँउहरुमा गरिएको दमन धरकपट र पक्राउ प्रती वीर गोर्खाली अभियान घोर भत्सर्ना गर्दछ। वीर गोर्खाली अभियानका अभियन्ताहरु लगायत पक्राउ परेका हजारौं नागरिकलाई निशर्त रिहाईको माग गर्दछौं । अन्यथा त्यसपछि हुने घटनाको जिम्मेवार सरकारले लिनुपर्छ। सरकारको ज्यादती विरुद्ध एकताबद्ध भएर देशब्यापी बिरोध प्रदर्शन गर्न सबैमा हार्दिक आव्हान गर्दछौं ।

393827551_717622833277103_3172125588786730870_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved