काठमाडौं । राजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको छ। इकोम कलेज परिसरमा निर्माण भएको शालिक राजा शाहले अनावरण गर्नु भएको हो ।
मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।
मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा नाराबाजी गरेका थिए । राजा शाह शुक्रबार झापा पुगनु भएको हो । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved