भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ति, तोडफोड गरिएको शालिकमा माल्यार्पण

  • मंसिर १०, २०८०
  • कालापानी मिडिया
alt

महेन्द्रगर । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले सहिद भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ति मनाइएको छ । सो अवसरमा आइतबार बिहान महाकाली अस्पताल र बेदकोट वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।

आइतबार विहान भीम वाटिका९स्थानीय पार्कं० मा रहेको भीमदत्त पन्तको क्षतिग्रस्त शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अपर्ण गरिएको छ । गणतन्त्र विरोधी प्रदर्शनका क्रममा शुक्रबार प्रदर्शनकारीले शालिक तोडफोड गरेका थिए ।

सहित पन्त आजका दिन बिक्रम सम्बत १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका हुन् । सुदूरपश्चिममा तत्कालिन व्यवस्था विरुद्ध उनले कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो“ भन्ने नाराका साथ जोताहा किसानहरूको पक्षमा क्रान्ति गरेका थिए ।

भारतको सहयोगमा तत्कालिन सरकारले उनलाई २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो । उनको टाउकोलाई काटेर डडेल्धुरा खलंगाको टुडीखेलमा केही दिन झुण्ड्याइएको थियो ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । उनले किसान र गरीबहरुका लागि गरेको नुन आन्दोलन अहिलेसम्म चर्चामा छ ।

पन्तको सम्झनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहिद प्रतिष्ठान, भीमदत्त नगरपालिका लगायतको सहयोगमा महेन्द्रनगरमा भीमदत्त बाटिका र शालिक निर्माण गरिएको छ । बेलौरीमा पनि पन्तको शालिक बनाइएको छ । तत्कालिन शासकले उनलाई पक्राउ गरी केही दिन बेलौरीमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved