भूकम्प पिडितको घाउँमा मलम लगाउदै सांसद राजिव बिक्रम शाह

  • मंसिर १२, २०८०
  • कालापानी मिडिया
alt

जाजरकोट । जाजरकोट जिल्ला प्रदेश सभाका माननिय सांसद राजिव बिक्रम शाह जाजरकोट भुकम्प गएदेखि नै भुकम्प पिडितहरुको घाउमा मल्हम पट्टि लगाउन निरन्तर जाजरकोटका बिभिन्न गाउँ बस्तिमा पुग्दै एक अभिभावकको भुमिका निभाउदै आएका छन् । 

निरन्तर उनी जिल्लावासीका आवश्यकता पुरा गर्न यतिबेला गोर्खाकोट जुनिचादे गाउपालिका वडा नम्बर- ६ बुढिडाडा तर्फ लागेका छन । यहाँ गाडीको सुबिधा छैन । एकदिन सम्म हिंडेर जानु पर्ने भएका कारणले पनि आज सम्म कुनपनि सरकारि निकास तथा दाताहरु यहा आइपुगेका छैनन् । भुकम्पले ठुलो मात्रामा क्षति पुगाएको ठाउमा पीडित जनताको सहारा बनेर फेरि आफैले त्रिपाल र केहि थान जाडोका कपडा सहित बोकेर जादैछ्न । शाहका साथमा वाग्मती प्रदेश सान्सद कुन्दन काफ्लेको टीम समेत हिडेर नै राहत दिन पुगेका छन ।

अघिल्लो पटक बिभिन्न दाताहरुले पठाएको राहत वितरण होस या विरामि घाईतेहरुको बन्दोबस्तिमा होस जाजरकोटका टोल बस्तिमा शाह नपुगेको कमै स्थान छन । निरन्तर तपाईहरु कै दुखमा साथमा हुने नै छ भन्दै शाहले आफना नागरिकसंग बाचा समेत गरेका छन । भुकम्प पिडितहरुको राहतको लागि अझै थप पहल गर्ने भन्दै शाहले भाटभटेनि सुपर मार्केटको सहयोगबाट भुकुम्प पडितका लागि आएको सामाग्री प्रमुख जिल्ला अधिकारीको सिफारिसमा छेडागाडमा १ ट्रक ,शिवालयमा१ ट्रक, ,जुनिचादेमा १ ट्रक ,कुशेमा १ ट्रक वडा अध्यक्ष र पालिका अध्यक्षलाई जिम्मेवारी दिएर पठाएर पिडितहरुलाई यो चिसोबाट बचाउने पवित्र कार्य गरेका छन ।

उनले अर्ना कम्पनीबाट सहयोग स्वरुप आएको राहत ९५०पिस महिलाका लागी जाडोमा न्यानो हुने सल २११ थान त्रिपाल ३३० दोलाइ,५०० पिस स्वइटर लगायत चामल,दाल,नुन,तेल इत्यादी सामाग्रीहरु जुनिचादे पठाएका छन । खाल्सा एडको सहयोगमा अति प्रभावित क्षेत्रहरुमा ३ महिना सम्म खाना खुवाउने ब्यबस्था समेत शाहले मिलाएका छन । भुकम्पबाट पिडित तथा घाईतेहरुको उद्धारमा रातदिन खटेर लागि परेका शाहले घाईतेहरुलाई उपचारकालागि सुर्खेत नेपालगञ्जका अस्पताल सम्म पुरयाउन एम्बुलेन्सको ब्यबस्था गर्नुका साथै स्थानिय स्तरका अस्पतालहरुमा उपचार गराईरहेकाहरुलाई समेत केहि कमि हुन नदिन अस्पताल सम्म पुगि त्यहाको बास्तिविकता र बिरामीहरुको स्थलगत भेटघाट समेत गरेका थिए ।

नेपाली कांग्रेस जाजरकोटबाट प्रदेश सभा ख मा उम्मेदवारी दिई विजयी भएका शाहले जाजरकोट नलगाडनगरपालिका १ चिउरीको झम्ले गाउका वालवालिकाहरु लगाएत भुकम्पमा परेर अनाथ भएका बालवालिकाहरुलाई उनीहरुको पठन पाठनका लागी माइती नेपालसंग समन्वय भईरहेको समेत शाहले वताएका छन ।

आफना जिल्लाबासि कोहि पनि नआत्तिन आग्रह गर्दै शाहले संघिय राजधानिमै रहेर आफुले प्रधानमन्त्रि, मन्त्रि र बिभागिय सचिवहरुसंग निरन्तर छलफल, बार्ता र भेटघाटलाई तिब्रता दिएका शाहले पछिल्लो समय आफना नागरिकलाई चिसोबाट कसरी बचाउने भन्ने चिन्तामा रहेका छन । भएका सरसामानहरु भुकम्पसंगै पुरीए राहतमा आएकाले समेत चिसोबाट ओत लाग्न मुस्किल परेको भन्दै माननिय सांसद शाहले राज्यको गम्भिर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका छन ।

संवाददाताहरुसंग जाजरकोटको पछिल्लो अवस्थाबारे जानकारी दिंदै शाहले चिसो र निमोनियाबाट बालबालिका र बृद्ध बृद्धालाई जोगाउन मुस्किल परिरहेको र ४ जनाले ज्यान समेत गुमाईसकेको उल्लेख गर्दै थप ज्युज्यानको क्षति हुन नदिन आफुले सरोकारवाला निकायसंगको समन्वयमा निरन्तर न्यानो कपडा वितरणलाई तिब्रता दिने बताएका छन । आफनो पराई भन्दा पनि बढि आबश्यकता कहाँ हुन्छ त्यो आधारमा थप राहतका सामाग्री वितरण गरिने समेत शाहले बताउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved