सुदूरपश्चिममा आजदेखि उग्रतारा मेला सुरु

  • मंसिर १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो रमणीय डाँडामा रहेको उग्रतारा देवीस्थानका बारेमा विभिन्न किंबदन्तीहरु रहेका छन् ।

किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिएपछि निरन्तर रगतको धारा बगेको र रोक्ने प्रयास गर्दा देवीले दर्शन दिएको भन्ने भनाइ छ । कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गरिने परम्परा बमोजिम मेलाको रुपमा स्थापित भएको हो ।

मेलाको अघिल्लो रात मन्दिरमा आउने चार देउराहरुले भंण्डार घर तथा भगवती खोलामा रतेडि मनाएर मेलाका दिन ब्रह्ममुहुर्तमा चारै देउराको संगम गराइ भित्र्याउने र देवीको प्रसादको रुपमा टीका, तिलक, प्रसाद दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved