९ जना नेपालि मजदुर भारतको सेलरमिलमा बन्धक, काममा लाने एजेन्ट सम्पर्क विहिन

  • मंसिर १४, २०८०
  • कालापानी मिडिया
alt

सिरहा । सिरहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना वितिसक्यो। उनीसँगै गाएका साथीहरु १८ घण्टा कामगर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आईसक्यो। फर्केर आएकाहरुले सुनाएको कहालिलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षिय बुधनी महराको आँखा ओभाएको छैन।

बुधनीले भने, ‘साना नानीहरु छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ। अहिले छोराको जिवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने बातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाईसँग बोल्दा पनि कुटपीट गर्छ। शौचालय जाँदा पनि पाले साथ लगाउने र किल्ला ठोकेको काठले कुटपीट गर्ने गर्छ।’

साथिहरु संगै गएका नरहा गाउँ पालिका ३ खोरीयाका जुग्नु खानकी श्रीमती खात्मा खातुन पनि श्रीमान बन्धक बनाएको खवर सुनेपछि बेचैन छिन्। राम्रो कमाई हुने भनेर गएको श्रीमान बन्धक भएको खवरपछि श्रीमान फर्काईदिन गाउँका अगुवाहरु गुहारी रहेकी छिन्। उनले तपाईंहरुले नै फर्काउन सहयोग गर्न समेत आग्रह गरे। उनी अहिले ३ छोरी र १ छोरा सहित घरमा बसेपनि उनको मन श्रीमान कसरी फर्काउने भन्ने पिरलोमा छन्।

उनीहरुसँगै गोलबजार नपा ११ का प्रदिप सदा, इन्दल सदा, गोलबजार ८ चोहर्वाका सोभित उराउँ, इनरजित महरा, सरुण महारा, टेकुवा महतो, नरहा गाउँ पालिका ३ खोरियाका जुग्न खान, समशेर खान, इरसाद, गुलजार सहित २१ जनाको समूहमा भारतको पञ्जाव चामल मिलका काम गर्न गएका थिए।

पञ्जाव स्थित राइस मिलमा मासिक २० हजार भारतीय रुपैयाँ र खाने, बस्ने सुविधा दिने सर्तमा सिरहाकै सुखिपुर नगरपालिका १० का ४० वर्षिय विजय मण्डलले उनीहरुलाई गत भदौको पहिलोसाता भारतको पञ्जाव लगेका थिए। विजयले जाने वेला कतिपय मजदुरलाई घर खर्चको लागि पाँच हजार नगद समेत दिएका थिए।

दैनिक १२ घण्टा काम गर्ने सर्तमा गएका उनीहरुलाई दिनरात काम गराउने, एकछिन ढिलो गर्यो भने कुटपीट गर्ने, राती सुत्दा पनि बाहिरबाट कुण्डा लगाउने गरेको भागेर घर आउन सफल समिमले बताए। उनले भने, ‘१८÷२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोन समेत गर्न नदिने, साथीभाईको फोनबाट फोन गर्दा मोवाईल फोडिदिने र कुटपीट गर्थे। पशुलाई जस्तै व्यवहार गरेपछि हामी भाग्न बिवस भयौं।’

भागेका मध्येय मोहमद मुखतारले दुई तीन दिन देखि प्लान बनाइरहेका थियौं। एक दिन राती पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेका हौं। भागेको चार दिनसम्म भोक्कै बसेर ट्रेनमा पनि टीटीसँग अनुनय विनय गरेर घरसम्म आयौं।’

गएकामध्ये १२ जनाभागेर आएपनि इनरजित महरा, जुग्नु खान, सोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै छन्। छोरा बन्धक भएको भन्ने जानकारी पाएपछि इनरजितकी आमा बुद्धनी महरा र सोभित उराकी आमा÷ बुबा विल्टौनियाँ देवि र भोरील उराउँले अस्थायी प्रहरी पोष्ट, सुखिपुर ७ शिवचौकमा विजय मण्डलको विरुद्ध ठाडो उजुरि दिएका थिए।

उजुरी पछि कात्तिक १७ गते अभिभाव र विजय मण्डलविच १० दिनभित्र बन्धक रहेका सवै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो। सहमति पछि विजयलाई सुखिपुर नपा १० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाईएको थियो।

सहमतिको एकमहिना हुन लागेपनि अहिले विषय सम्पर्कमा छैन। प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक–पटक घरमा गएर खोजीरहेको बताएको छ। तर, प्रहरीले खेजीरहेको भनेपनि कहिलेकाँही गाउँघरमा देखिने गरेको विजयकै एक छिमेकीले बताए। मण्डलको फोनमा भने सम्पर्क हुन सक्दैन।

जिम्मा लिएको वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि आफ्नो विजयसँग भेट नभएको बताए। उनले भने, ‘विजयले १० दिनभित्र सवै मजदुरलाई घर ल्याईदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ म बुझ्छु।’

फर्केर आएकाहरुले ओहान ओभरसिज जस्टिन  (OHANA OVERSEAS GSTIN 06AACF02333A120)  लेखिएको कम्पनीमा बन्धक बनाएर राखेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved