एफसी चितवनको नेपाल सुपर लिगमा पहिलो जित

  • मंसिर १६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं : एफसी चितवनले नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ। दशगथ रंगशालामा गएराति भएको खेलमा वीरगन्ज युनाइटेडलाई २/१ ले हराउँदै चितवनले लिगमा पहिलो तीन अंक जोडेको हो।​

आठौं मिनेटमै सेकेन्ड बारमा प्रहार गर्ने क्रममा टोरिक जेब्रियनले बल प्यारापिटतर्फ पठाएर प्रहार सुरु गरेका थिए। खेलको २९औं मिनेटमा विमलले चितवनलाई ब्रेक थ्रु दिलाए। पहिलो हाफमै डेडलक तोडेका विमलले लिगमा व्यक्तिगत दोस्रो गरेका हुन्।

केही महिनाअघि अस्ट्रेलिया गएका उनलाई चितवनले आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको थियो। रोशन राना मगरले सेन्टरबाट दिएको पासलाई विमलले डिफेन्डर र गोलकिपर बिट गर्दै गोल गरेका हुन्।

पहिलो हाफमै वीरगन्जका तेज तामाङको प्रहार पोस्टबाहिर गएको थियो। एक गोलले पछि परे पनि वीरगन्जले अट्याकका राम्रा प्रयास गरेको थियो। ३४औं र ३७औं मिनेटमा वीरगन्जको प्रयास असफल भयो। दोस्रो हाफभरी खेल प्रतिस्पर्धात्मक बन्यो। ५५औं मिनेटमा वीरगन्जले गोल गर्यो।

विलियन ओपेकले प्रहार गरेको फ्रि किकमा आइकिन्स बफोउरले शक्तिशाली हेडरबाट बराबरी गोल फर्काए। चितवनका लागि ६७औं मिनेटमा टोरिक जेब्रिनले सेकेन्ड बारतर्फ प्रहार गरेको बल दीप कार्कीले बचाउन सकेनन्। आठ खेलको जितविहीन यात्रापछि दोस्रो हाफमा चितवन आक्रामक देखिएको थियो। विमलले दिएको पासमा २५ यार्ड बक्स बाहिरबाट टोकिले फायर गरेको बललाई चितवनलाई २/१ को अग्रतामा पुर्याएको हो।

लिगमा आज १ बजे हुने खेलमा झापाले पोखराको सामना गर्नेछ। साँझ साढे ५ बजे हुने खेलमा अपराजित धनगढी र ललितपुर आमनेसामने हुनेछन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved