काठमाडौं महानगर र क्रिकेट सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण शुरु

  • मंसिर २६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण शुरु गरेको छ।

गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमवार शुरु भएको प्रशिक्षणमा सामुदायिक ९सरकारी० विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ उनीहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ।

‘प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ। साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेटकिपिङबारे जानकारी दिइनेछ,’ आचार्यले भने।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक ९लेभल–३० राजु बस्नेत, लेभल–२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनेछन्।

प्रशिक्षणसँगै संघले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न तीन महिनाभित्र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसका लागि महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय(समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि १० करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ १० वटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ। त्यसका लागि ३ अर्ब ८० करोड रुपैयाँ र २५ स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved