नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा ख्रीस्टियन धर्मगुरु पक्राउ

  • मंसिर २६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज ९सीबी० पक्राउ परेका छन् ।

उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।
सीबीलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भइइरहेको पनि एसपी ढुङ्गेलले बताए । ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो ।
क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो ।

त्रिविले उनको रजिस्ट्रेसन नम्बर ९५–०१–१४–०२६–१९९४० सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो। गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिस्ट्रेसन नम्बर ९५–०१–१४–०२६–१९९४० को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved