राजा ज्ञानेन्द्र शाह पुस ८ गते भैरहवा प्रस्थान गर्नुहुँदै, भैरहवा र बिरगंजमा सम्बोधन गर्नुहुने

  • पुस २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यहि पुस ८ गते भैरहवा प्रस्थान गर्ने हुने भएको छ । भैरहवामा गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन राजा शाह भैरहवा प्रस्थान गर्नुहुने भएको हो ।

राजा शाहका सम्वाद सचिव फणिराज पाठकले सुचना निकाल्दै राजा शाह भैरहवा जानुहुने वाताउनु भएको हो । पश्चिम क्षेत्र र मध्य क्षेत्रको केही जिल्लाहरू भ्रमण गर्ने संवाद सचिव फणीराज पाठकले जनाउनु भयो । राजा साहले भैरहवा र बिरगंजमा हुने कार्यक्रममा सम्बोधन गर्नुहुने, त्यहाँका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नेहुने र राजनैतिक व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट गर्नेहुने कार्यक्रम समेत रहेको छ ।

सुचनामा भनिएको छ, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह नेपालको पश्चिम क्षेत्र र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा सवारी होइबक्सँदै छ ।

यता भैरहवामा एमाले नेता डा. रामप्रसाद बस्याल नै राजा शाहलाई अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका छन् । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा एमालेकातर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताएका छन् । यी दुई एजेण्डामा आफू पार्टीसंग सहमत नभएको र देश बचाउन राजाले गर्ने राम्रा काममा आफ्नो समर्थन रहेको उनको बताएका छन् ।

IMG_20231218_105152

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved