आइपिएल अक्सन आज: अन्तिम तयारीमा फ्रेन्चाइज टोली

  • पुस ३, २०८०
  • कालापानी मिडिया
alt

इन्डियन प्रिमियर लिग (आईपिएलल) विश्व क्रिकेटको कोशेढुंगा नै हो। इङ्गल्यान्ड, अस्ट्रेलिया र न्युजील्यान्डलाई छाड्ने हो भने कम आय भएकै देशमा क्रिकेट खेल बढी लोकप्रिय छ। यसका बाबजुद आइपिएल नै एउटा यस्तो लिगको रूपमा क्रिकेटमा देखा परेको थियो छ कि जसले संसारका अर्थतन्त्रलाई नै प्रभावमा पार्न सफल भयो। यो क्रिकेट विश्वकपपछि सबै भन्दा लोकप्रिय र चर्चामा रहेको क्रिकेट प्रतियोगिताको रूपमा स्थापित छ। आइपिएलको १७ औ संस्करणको अक्सन मंगलबार संयुक्त अरब इमिरियट्स (यूएई)को दुबई सहरस्थित कोला एरेनामा हुनेछ। नेपाली समय अनुसार लगभग मध्यान्हमा सो अडिसन सुरु हुनेछ। यस सिजनमा कुल ३ सय ३३ खेलाडीको अक्सन हुन लागेको हो। यसमा ३ सय ३३ भारतीय तथा १ सय १९ विदेशी खेलाडी छन्। यसमा दुई खेलाडी एसोसीएट देशका छन्। ७७ स्थान अब बाँकी छ। यसमा विदेशी खेलाडीका लागि ३० स्थान बाँकी छ। चेन्नाइ सुपर किङ्ससँग ३१ करोड ४० लाख रुपैयाँ बाँकी छ। यसमा सो क्लबले ५ विदेशीसहित १९ खेलाडी लिन सक्ने छ। दिल्ली क्यापिटलसँग २८ करोड ९५ लाख रुपैयाँ बाँकी छ। सो रकमले दिल्लीले चार विदेशीसहित १६ खेलाडी लिन सक्ने छ। गुजरात टाइटानसँग ३८ करोड १५ लाख रुपैयाँ बाँकी छ। रकमबाट क्लबले ६ विदेशी सहित १७ खेलाडी लिन सक्ने छ। २३ खेलाडीको न्युनतम मूल्य सबैभन्दा धेरै दुई करोड रुपैयाँ रहेको छ भने १३ खेलाडीको एक करोड ५० लाख रुपैयाँ रहेको छ। कलकत्ता नाइट राइडर्ससँग ३२ करोड ७० लाख रुपैयाँ बाँकी छ। कलकत्ताले चार विदेशीसहित १३ खेलाडी लिन सक्ने छ। लखनउ सुपर जेन्टसँग १३ करोड १५ लाख रुपैयाँ मात्र बाँकी छ। सो क्लबले त्यस रकमबाट ६ विदेशीसहित १९ खेलाडी लिन सक्ने छ। मुम्बई इन्डियनसँग १७ करोड ७५ लाख रुपैयाँ बाँकी छ। सो रकमबाट चार विदेशी सहित १७ खेलाडी क्लबले लिन सक्ने छ। पन्जाब किङसँग २९ करोड १० लाख रुपैयाँ बाँकी छ। क्लबसँग ६ विदेशीसहित १७ खेलाडीको कोटा अझै बाँकी छ। राजस्थान रोयल्ससँग १४ करोड ५० लाख रुपैयाँको दायरा बाँकी छ। सो क्लबले लिनसक्ने खेलाडी सङ्ख्या पाँच विदेशीसहित १७ हो। रोयल च्यालेन्जर बंगलोरको दायरामा अब २३ करोड २५ लाख रुपैयाँ बाँकी छ। क्लबले अब लिन सक्ने खेलाडी ५ विदेशीसहित १९ हो। सनराइज हैदराबादको बाँकी दायरा ३४ करोड हो भने सो क्लबले ५ विदेशी सहित थप १९ खेलाडी लिनसक्ने छ।

२३ खेलाडीको न्युनतम मूल्य सबैभन्दा धेरै दुई करोड रुपैयाँ रहेको छ भने १३ खेलाडीको एक करोड ५० लाख रुपैयाँ रहेको छ। 

अस्ट्रेलियालाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ट्रेभिस हेडसहित अस्ट्रेलियाका स्टेभन स्मिथ, प्याट कुमीन्स, जोस इङ्लिस, माइकल स्टार्क र जोस हुजलउडको पनि न्युनतम मूल्य दुई करोड छ। गत विश्वकप क्रिकेटमा इङ्गल्यान्डको प्रदर्शन एकदमै कमजोर रहेको थियो। यसका बाबजुद आइपिएलमा इङ्लिस खेलाडी हेरी ब्रुक, क्रिकस ओक्स र जेम्स भिन्सको बेस प्राइस दुई करोड राखिएको छ। डेभिड वीली, अदिल रसिल, बीन डकेट, जेमी ओभरटन र जेम्स भिन्सको पनि बेस प्राइस दुई करोड रुपैयाँ नै छ। प्राय भारतीय खेलाडी भन्दा विदेशी खेलाडीको बेस प्राइस यस अक्सनमा धेरै छ।

 

अस्ट्रेलियालाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ट्रेभिस हेडसहित अस्ट्रेलियाका स्टेभन स्मिथ, प्याट कुमीन्स, जोस इङ्लिस, माइकल स्टार्क र जोस हुजलउडको पनि न्युनतम मूल्य दुई करोड छ।

 

दक्षिण अफ्रिकाका रिली रुसा, रसी भान डेर डुसेन र गेराल्ड कोयट्जेको पनि पनि न्युनतम मूल्य दुई करोड रुपैयाँ छ। बेस प्राइस दुई करोड रहने अन्य खेलाडीमा भारतका हर्सल पटेल र शार्दूल ठाकुर छन्। यी दुवै बलर हुन्। तथापि ठाकुरको ब्याटिङ पनि धेरै कमजोर छैन। अर्का बलर उमेश यादवको पनि बेस प्राइस दुई करोड नै छ। न्युजील्यान्डका लुक्की फर्गुसनको पनि बेस प्राइस दुई करोड रुपैयाँ छ। अफगानिस्तानका स्पिनर मुजीबर रहमान र बङ्गलादेशका अलराउण्डर मसतफिरक रहमानको पनि बेस प्राइस दुई करोड रुपैयाँ छ। यस वर्ष अहिलेसम्म तयार भएको टोलीका मुम्बईमा हार्दिक पाण्डेले रोहित शर्मालाई प्रतिस्थापन गर्दै नेतृत्वको जिम्मेवारी पाएका छन्। इसन किसन, जसप्रित बुमराह र सूर्यकुमार यादव पनि सो टोलीमा छन्।

फाफ डुप्लेसीसको नेतृत्वमा रहेको बंगलोरमा ग्लेन म्याक्सवेल, विराट कोहली, दिनेश कात्तिक र मोहम्मद सिराज छन्। कलकत्तामा सुनिल नारायण र आन्द्रे रसेलको साथमा वरुण चक्रवर्ती रहने छन्।

चेन्नाइमा महेन्द्र सिंह धोनीसहित मोइन अलि, दीपक चाहर, रवीन्द्र जडेजा र ऋतुराज गाइक्वाड छन्। गुजरातको नेतृत्व स्टार ब्याट्सम्यान शुभमन गीलले गर्ने छन्। सो टोलीमा केन विलिम्सन र रसिद खान प्रमुख खेलाडीको रूपमा रहने छन्। दिल्लीमा ऋषभ पन्त, अक्षर पटेल, मिचेल मार्स र कुलदीप यादव प्रमुख खेलाडीको रूपमा रहने छन्। लाकेश राहुलको नेतृत्वमा रहने लखनउमा क्वीन्टन डी कक, निकोलास पूरण र मार्कस स्टोनिस प्रमुख खेलाडीको रूपमा छन्। सञ्जु सामसनको नेतृत्वमा रहेको राजस्थानमा जोस बटलरको साथमा रविचन्द्र आश्विन, युजभेन्द्र चाँवल, ट्रेन्ट बोल्ट र एडम जाम्पा छन्। आइडन म्याकरमको नेतृत्वमा रहेको हैदरावादमा ग्लेन फिलिप्स र हेन्री क्लासन छन्। फाफ डुप्लेसीसको नेतृत्वमा रहेको बंगलोरमा ग्लेन म्याक्सवेल, विराट कोहली, दिनेश कात्तिक र मोहम्मद सिराज छन्।कलकत्तामा सुनिल नारायण र आन्द्रे रसेलको साथमा वरुण चक्रवर्ती रहने छन्। भारतका १० फ्रेन्चाइजमा मुम्बईको सबै भन्दा बलियो प्रभावलाई हार्दिक पाण्डेको नेतृत्वमा गुजरातले चुनौती दिने एउटा सम्भावना सकिएको छ। गुजरातले कस्तो प्रदर्शन गर्छ भन्ने निश्चित छैन। पाण्डे गुमाउनु सो टोलीका लागि महंगो साबित हुनसक्छ। पछिल्लो समयको सबै भन्दा प्रमुख समाचारको पात्र हार्दिक पाण्डे बनेका छन्। पछिल्लो दुई सिजन नै गुजरातलाई सानदार सफलता दिलाएका उनी यस वर्ष आफ्नो पुरानो क्लब मुम्बई मात्र फर्किएनन्। नेतृत्वको अवसरसमेत पाए। मुम्बईमा रहेका अलराउण्डर क्यामरुन ग्रिन यस सिजनमा बंगलोर पुगेका हुन्। ग्रिनले शतकसहित आइपिएलमा सानदार प्रदर्शन गरेका थिए। एक दिवसीय विश्वकप क्रिकेट र टी–२० विश्वकपको बिचमा हुने यो आइपिएलको अक्सनले धेरै कुराको अर्थ राख्ने छ। साथै भारतका १० फ्रेन्चाइजमा मुम्बईको सबै भन्दा बलियो प्रभावलाई हार्दिक पाण्डेको नेतृत्वमा गुजरातले चुनौती दिने एउटा सम्भावना सकिएको छ। गुजरातले कस्तो प्रदर्शन गर्छ भन्ने निश्चित छैन। पाण्डे गुमाउनु सो टोलीका लागि महंगो साबित हुनसक्छ।

स्रोतः आइपिएल, हिन्दुस्तान टाइम्स र स्टोर स्पोर्ट्स

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved