भारतमा एकै दिन ७८ विपक्षी सांसद निलम्बित

  • पुस ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन्।

गत साता संसद्को तल्लो सदन लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबरा विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए। सोही विषयलाई लिएर लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्‍याएको भन्दै निलम्बित गरिएको हो। यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको हो।

विशेषाधिकार समितिको प्रतिवेदन तीन महिनापछि आउनेछ। यही विषयलाई लिएर गतसाता पनि १४ सांसद निलम्बित भएका थिए। सोमबारसहित कुल ९२ सांसद निलम्बनमा परेका छन्। यती ठूलो सङ्ख्यामा सांसद निलम्बन परेको इतिहासकै पहिलो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसरी निलम्बनमा पर्ने सांसदहरूमा लोकसभामा कंग्रेसका नेता अधिर रञ्जन चौधरी र उपनेता गौरभ गोगोइ, त्रिणमुल कंग्रेसका सांसद कल्याण बेनर्जी, डीएमके पाटीका सांसद ए राजालगायत छन्।

कंग्रेस सभापति मल्लिकार्जुन खड्गेले विपक्षीरहित संसदमा सरकारले विचाराधीन महत्त्वपूर्ण विधेयकलाई बिना कुनै बहस र असन्तुष्टि मनोमानी ढंगले पारित गर्ने आरोप लगाए। उनले सांसदहरूलाई निलम्बित गराएर मोदी सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved