अबैध रुपमा अकुत आर्जन गरेको आरोपमा मोतिलाल अग्रबाल बिरुद्ध उजुरी

  • पुस ६, २०८०
  • कालापानी मिडिया
alt

इटहरीका पुराना उद्योगी तथा आनन्द राइस मिलका सञ्चालक मोतिलाल अग्रबाल विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । धरान घर भइ करिब पाँच दशकदेखि इटहरीमा आनन्द राइस मिलको नाममा धानचामलको व्यापार गर्दै आएका विवादित छविका उद्योगी अग्रवाल विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको हो । उनी, उनको व्यवसाय र परिवारका सदस्यसमेतको नाममा कडा र सुक्ष्म अनुसन्धान गरी कार्वाही गर्न माग गर्दै उजुरी परेको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार धरान निबासी उद्योगी मोतिलाल अग्रवालले विगत लामो समयदेखि आनन्द राइस मिल सञ्चालन गर्दै आएका छन् । उनले यो अवधिमा राइस मिल व्यवसायको अतिरिक्त निकै ठुलो कारोबारमा जग्गा जमिन विक्री वितरण गरेर अकुतसमेत कमाएका थिए । उनको समग्र आर्थिक गतिविधिको सम्बन्धमा सुक्ष्म अनुसन्धान र छानविन गरिएमा उनले अबैध स्रोतबाट कमाएको अकुत सम्पत्तिको विवरण स्पष्ट रुपमा प्राप्त हुने देखिन्छ । उनी र उनको परिबारको नामको अकुत सम्पत्ति, उनको उद्योगको व्यवसायिक आर्थिक कारोबार, बैकिङ्ग कारोबार लगायत चलअचल सम्पत्तिमाथि सुक्ष्म अनुसन्धान गनुपर्ने भन्दै उनको विरुद्ध विभागसमक्ष लिखित उजुरी परेको हो । उनीमाथि सुक्ष्म अनुसन्धान हुदाँ उनको गैरकानुनी स्रोतबाट आर्जेको सम्पत्तिको यथार्थ विवरण आउने र त्यसमा राजश्व छलेको अभियोगमा समेत कार्वाही हुनसक्ने दाबी गरिएको छ ।
अबैध आयमार्फत अकुत कमाएका र ठुलो परिमाणमा राजश्वसमेत छलेको प्रमाण फेला पर्ने भएकोले उनीमाथि, उनको व्यवसायमाथि र उनको धरानस्थित घरसमेतमा छापा मारेर यथार्थ संकलन गरी सशक्त कार्वाही गर्न माग गरिएको छ । उजुरीको क्रममा उनले आफ्नो अधिकांश स्रोत, साधन र चलअचल सम्पत्ति आफ्नो स्वामित्वमा नराखेको उल्लेख गर्दै यस सम्बन्धमा गम्भिरताका साथ उनी र उनका आफन्तको नामममा रहेका सम्पत्तिमाथि विशेष अनुसन्धान गर्न माग गरिएको छ ।
उनीमाथि सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार अनुसन्धान र छानविन गर्ने क्रममा उनको सम्पुर्ण चलअचल सम्पत्ति रोक्का गरि प्रक्रिया अगाडि बढाउन उजुरीमार्फत माग गरिएको छ । उनीमाथि छानविन शुरु गरेपछि यथेष्ट प्रमाण फेला पर्ने पनि उजुरीमा उल्लेख गरिएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले विभागसमक्ष दर्ता भएको उजुरीमाथि अनुसन्धान र छानविन प्रारम्भ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved