राष्ट्रिय शक्ति नेपालले माग्यो मन्त्री किरातीको राजिनामा,राजीनामा नदिए सरकारले नै बर्खास्त गर्नुपर्ने धारणा

  • पुस ६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय शक्ति नेपालले संस्कृती मन्त्री शुदन किराँतीको राजिनामाको माग गरेको छ ।  शुक्रबार एक प्रेस वक्तब्य निकाल्दै उसले नेपाल सरकार संस्कृति मन्त्रीद्वारा आपतिजनक अभिव्यक्ति आएको प्रती खेद प्रकट गर्दै राजीनामाको माग गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ, जनता नै सार्वभौम हुनुपर्छ, हो पनि । जनताको आफ्नो मौलिक धर्मप्रति सार्वजनिक पद धारण गरेका नेता मन्त्री लगायतले सम्मान गर्नुपर्नेमा ९४% नेपालीको आत्मसम्मानमा पर्यटन तथा संस्कृति मन्त्रीको अभिव्यक्तिले आज गहिरो चोट परेको छ र समसामयिकभन्दा आफ्नो धार्मिक आस्थामा चोट पर्दा, प्रहार हुँदा जनता आवेगमा हुन्छन र आगो ओकल्छन देश त्यो आगोको दन्कोमा परेमा त्यसको क्षतिको पहिलो जिम्मेवार, गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्री र उसलाई संरक्षण गर्ने कार्यकारीले बेहोर्नु पर्छ ।

अगाडि भनिएको छ,   धार्मिक विषय  सदैव संवेदनशील हुन्छन ! उदाहरण छिमेकि देशको गुजरात, इराक इरानदेखि स्वदेश के तराई काफि छ ! नेपाल यस विसयबाट टाढा थियो ! जबसम्म नेपाल सबै जातको फुलबारी थियो ! अर्थात् ६२/६३ सम्म हामी नेपाली धार्मिक सहिष्णुतामा थियौं, मिलेर बसेका थियौं । तर आजको संस्कृति मन्त्रीको अभिव्यक्ति आपत्तिजनक त छ नै यो माफि लायकसमेत छैन । त्यसैले संस्कृति मन्त्री सुदन किराँतीले तुरुन्त राजिनामा दिनुपर्छ ! नदिएमा नेपाल सरकारले बर्खास्त गरोस् भनी जोडदार माग गर्दछौं ।

केशर बहादुर बिष्ट, अध्यक्ष, राष्ट्रिय शक्ति नेपाल 

received_722207283174675

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved