सत्ता गठबन्धनको बैठकमा एमाललेलाई पनि राष्ट्रिय सभामा समेटेर जानेमा छलफल

  • पुस १८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएको छ । आज बुधवार बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा चुनावको सिट बाँडफाँटमा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई राष्ट्रिय सभामा ुजिरोु नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गर्नुभएको र यसबारेमा एमालेको प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले यो विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि बिहीवार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा चुनावका लागि २३ गते उम्मेदवारी दिने स्थिति छ । २० सिट खाली रहेकोमा एमाले प्रतिनिधि रहेको नौ सिट छ । अरू पार्टीले प्राप्त गरेका सिटहरू त जे हो त्ये कायमै हो भन्दा पनि हुने भो । तर यो नौ सिटको बारेमा हामी कसरी जाने भन्नेबारेमा सल्लाह भयो । एमाले अध्यक्षले राष्ट्रिय सभामा आफूहरूलाई जिरो नगर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेको कुरा आएको छ । एमालेको प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र त्यसमा सरकारले गर्ने छलफलको एजेन्डाको बारेमा पनि ुबिफ्रिङु गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved