इजरायली सेनाद्वारा ५१ प्यालेस्टिनी महिला गिरफ्तार

  • पुस २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ। इजरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्तिमा ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका धेरै आफन्त रहेको उनीहरूले बताए ।गाजाबाट महिला बन्दीहरूको वास्तविक संख्या बढी रहेको समेत बताए, तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताए ।

विज्ञप्तिमा भनिएको छ कि महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो। इजरायलले मानवअधिकार संगठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे जान्नबाट रोकेको र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा पहुँच पनि अस्वीकार गरेको बताएको छ।

इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved