आज २०८० पौष २२ गते आइतबारको राशिफल

  • पुस २२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल पुस २२ गते आइतबार तदनुसार सन् २०२४ जनवरी ७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

जस अनुसार आजको राशिफल यस्यो छ । 

मेष : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। उत्तरको यात्रा गर्दै नगर्नुहोला। परिवारिक सम्बन्ध रमाइलो हुनाले खर्च बढ्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। सामाजिक क्षेत्रमा कुरा काट्ने धेरै छन्। न्यायको पक्षमा बोल्नु उपयुक्त हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने योग रहेको छ।

मिथुन : आजको दैनिकी सामान्य छ। राम्रो काममा हिम्मत गर्नुभयो भने फाइदा हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा उन्नति हुने देखिन्छ। परिवारमा भने खटपटी हुनसक्छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। अचानक सम्पत्ति खर्च हुने योग रहेको छ। साथीसँगको सम्बन्ध बिग्रिन सक्छ। रोजगारीमा बढुवा हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : दिन सामान्य छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने देखिन्छ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : राम्रो खबर सुन्न पाइने छ। स्वास्थ्य राम्रो हुनेछ। स्वदेशमै लगानी गर्ने विषयमा मन उत्साहित हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। राम्रो कुरा सोच्नु भएको भए इच्छा पुरा हुनेछ। देशको उन्नतिका लागि काम गर्नु राम्रो हुन्छ। परोपरकार गर्न खोज्नुभयो भने परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक क्षेत्रमा बाधा र विरोध रहे पनि शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ प्राप्त हुनेछ। पारिवारिक साथ र सहयोग हुनाले मनमा शान्ति मिल्नेछ।

धनु : आजको दिन सामान्य राम्रो छ। सोचेर बोल्नु राम्रो हुन्छ। बोलीकै कारण समस्या आइपर्ने हुनाले विवेक प्रयोग गर्नु उपयुक्त हुन्छ। समाजमा झुटो आरोप लाग्नसक्छ। परिवारमा खटपटी बढ्ने देखिन्छ। परेवालाई दाना दिनुभयो भने धेरै संकट टर्नेछ।

मकर : दिन राम्रो छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। आजको दिनमा माछा र मासुबाट अलग रहनु। शिक्षाको क्षेत्रमा उन्नति हुने योग छ। परिवारबाट असहयोग हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा विरोध हुनसक्छ। मन बलियो पारे थालेको काम सफल हुनेछ। पिपलको दर्शन गर्नुभयो भने संकट टर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। घर वा डेरा सर्ने चटारो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved