आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल

  • पुस २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। आज नेपाल ज्योतिष परिषद् स्थापना दिवसमेत रहेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश यस्तो छ ।

मेष : यात्रा गर्दा तीव्र गति राम्रो हुने छैन। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्नेछ।

वृष : दिन राम्रो छ। सम्पत्तिको संरक्षण गर्नुपर्ने देखिन्छ। स्वास्थ्य खराब रहे पनि परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा गरेको लगानी फस्ने भएकाले विचार गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : आजको दैनिकी सामान्य छ। मालिकले विश्वास गर्नेछन्। योगदानको कदर हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुने योग रहेको छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। तर, तपाईंलाई विपरीत लिंगीबाट गम्भीर आरोप लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंह : दिन सामान्य राम्रो छ। खुट्टा तान्ने मान्छे धेरै छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारबाटै छलकपट हुनेछ।

कन्या : आजको दैनिकी राम्रो छ। कामको प्रशंसा हुनेछ। गुरुबाट असहयोग हुने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुने भएकाले दिन उल्लासमय हुनेछ।

तुला : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। नयाँ मान्छेसँगको संगतले मन खुशी हुनेछ। पठनपाठनमा मन जाने छैन। परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्धले मनमा खुशी दिनेछ।

वृश्चिक : इष्ट मित्रबाट असहयोग हुनेछ। आफन्तले आरोप लगाउने छन्। परिवारबाट सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

धनु : आजको दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ। आर्थिक समस्या हुनेछ। कारोबार गर्दा विवेक प्रयोग गर्नुपर्छ। आम्दानी भन्दा खर्च बढी हुने भएकाले परिवारबाट असहयोग हुने देखिन्छ।

मकर : आम्दानी राम्रो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारको साथ मिल्नेछ। धन आर्जनको समय भएकाले यसलाई राम्रो दिन मान्नुपर्छ।

कुम्भ : शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा विवाद हुनसक्छ। आर्थिक पक्ष सबल छ। पुरानो लगानी असुल हुने योग रहेको छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। समयलाई सदुपयोग गर्नुपर्ने देखिन्छ। नसोचेको नतिजा प्राप्त हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्य थपिएको समाचार सुन्ने योग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved