आज २०८० साल पुस २५ गते बुधबारको राशिफल

  • पुस २५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : मन अस्थिर हुने भएकाले सचेत बन्नुपर्छ। मन खराब काममा जाने हुँदा यसलाई नियन्त्रण गर्नु आवश्यक छ। राम्रो संगत भए खराब मानसिकता परिवर्तन हुन्छ। परिवार र प्रेम सम्बन्धमा समस्या पर्ने देखिन्छ।

वृष : शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। आज राम्रो कामको थालनी गर्नुभयो भने सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : स्वास्थ्यको क्षेत्रमा विवाद हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्र सबल छ। लगानी गरेको भए शिक्षा क्षेत्रमा उपलब्धि हुनेछ। परिवारमा मनमुटाव बढ्नेछ।

कन्या : आजको दिन सामान्य छ। नम्र भएर काम गर्नु फाइदाजनक हुन्छ। आफन्तले कमजोरी खोजी गर्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नुभन्दा आफ्नो निर्णय आफै गर्नुपर्छ।

तुला : समय राम्रो छ। स्वास्थ्य, शिक्षा, अर्थ र धर्मको क्षेत्रमा फाइदा हुनेछ। बौद्धिकताको सम्मान हुनेछ। राजनीतिक क्षेत्रलाई सेवाको मध्यम बनाउने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : कम बोल्नु राम्रो हुन्छ। पैसा सञ्चित गर्नेक्रममा विवाद हुनसक्छ। बिहान पिपलको दर्शन गरेर गरेको काम सफल हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आजको दिन सामान्य छ। मन चञ्चल हुनेछ। शिक्षा क्षेत्र राम्रो छ। पुराना झमेला उल्टिनसक्ने देखिन्छ। स्वदेशमै लगानीको अवसर मिल्ने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

मकर : दैनिकी सामान्य राम्रो छ। रिसले आफ्नो बदनामी गर्ने भएकाले सचेत हुनुपर्छ। लोभ र मोहलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। बन्धुबाट सहयोग लिएमा काम बन्नेछ। परिवारको साथ रहने छ।

कुम्भ : दिन सामान्य छ। झुटा आरोप लाग्नसक्ने हुनसक्छ। नसोचेका साथीबाट सहयोग लिन सक्नुहुन्छ। पन्छीलाई दाना प्रदान गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। खानपानमा ख्याल गर्नुभएन भने स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। परिवारबाट सहयोग प्राप्त हुने भएकाले दिन सुखमय बन्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved