यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा अभ्यासमा व्यस्त

  • पुस २५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ ।

पहिलो अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्याण्डमाथि एक सय ३५ रनको जित निकालेको छ । नेपालका अलराउन्ड गुल्सन झाको शतकमा २८५ रनको विशाल लक्ष्य पाएको स्कटल्याण्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । नेपालले अब एक अनौपचारिक र दुई औपचारिक अभ्यास खेल खेल्दैछ ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दैछ। यसको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गरेको क्यानले जनाएको छ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो। समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो ।

यू-१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन् ।

यु-१९ विश्वकपमा सहभागी नेपाली टिम यसप्रकार छ । देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved