फ्रान्समा ३४ वर्षीय ग्याब्रियल एटल बने प्रधानमन्त्री

  • पुस २५, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यससँगै ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन्।

६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गरेसँगै राष्ट्रपति म्याक्रोँले एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् र उनलाई सरकार बनाउने जिम्मेवारी दिएका छन्।’ यससँगै यसै सातासाता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।

म्याक्रोँले कार्यकालको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका वेला एटललाई जिम्मेवारी दिएका हुन्। यससँगै प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने अपेक्ष गरिएको छ। ३४ वर्षीय एटलले यसअघिको रेकर्ड सजिलै तोडेका छन्।

यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट ​फाबियसप्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved