आज २०८० साल पुस २८ गते शनिबारको राशिफल

  • पुस २८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

वृष : स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यो राशिलाई वृहस्पती र चन्द्रमा अनुकुल रहेकाले दिन रमाइलो हुनेछ। परिवारमा खर्च बढ्ने देखिन्छ।

मिथुन : दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुटुम्बबाट मिल्ने सहयोगले आर्थिक लाभ हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : समय सामान्य छ। बन्धुसँगको भेटले मन खुशी हुन्छ। स्वास्थ्य खराब हुने भएकाले खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। परिवारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध टुट्ने खतरा छ।

सिंह : दिन सामान्य राम्रो छ। मित्रको साथ पाइने छ। परिवारको साथ नमिल्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। ठुलो विश्वास गरेका मान्छेबाट धोखा हुने सम्भावना देखिन्छ।

कन्या : दिन रमाइलो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। साथीसँग बस्ने मौका मिल्नेछ। परिवारको साथ पाउने योग छ।

तुला : समय राम्रो छ। शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रका लागि आज राम्रो छ। धर्ममा समय खर्च हुने भएकाले दिन लाभदायक छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। बोलीको प्रभाव देखिन्छ। परोपकार गर्नु फाइदाजनक हुन्छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। पारिवारिक झमेलाले खटपटी आउने योग रहेको छ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्र राम्रो छ। धन कमाउने चाहनाले मन अशान्त हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

मकर : समय सामान्य छ। खर्च बढ्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढी हुन्छ। बन्धुबाट सहयोग नमिल्ने देखिन्छ। परिवारसँग भने रमाइलो यात्रा हुनेछ। प्रेमी प्रेमिकाका लागि रमाइलो समय छ।

कुम्भ : समय सामान्य छ। गोचरमा शनिदेवको छाया योग रहेको देखिन्छ। जन्म कुण्डलीमा ३, ६ र ११ मा शनिदेव भए ठुला काम सहजै बन्नेछन्। त्यो नभए जुनसुकै काम गर्दा पनि बाधा हुनेछ।

मीन : समय राम्रो छ। आजको दिन सफल हो। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान रहे पनि परिवारको साथ पाउने योग रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved