आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

  • माघ २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी १६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा शंका रहने छ। आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ। हरेक क्षेत्र सबल छन्। परिवारबाट राम्रो साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ। अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ। परिवारमा भने अविश्वासको खतरा देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ। इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सफल हुनेछ।

सिंह : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारमा झगडा हुनसक्छ। बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ। प्रेममा खटपटी हुनेछ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिक : समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved