आज २०८० साल माघ ३ गते बुधबारको राशिफल

  • माघ ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ। आज २०८० साल माघ ३ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १७ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ । बोलीको प्रभाव रहने छ । बोलीकै कारण तपाईंको काम बन्नेछ । दिन रमाइलोसँग बित्नेछ । परिवारले राम्रो साथ नदिने भएकाले सचेत हुनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा खटपट हुने देखिन्छ ।

वृष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । आलस्य त्याग्नु राम्रो हुन्छ । हरेक क्षेत्र सबल रहेकाले मन प्रशन्न हुनेछ । लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय चुनौतीपूर्ण छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु राम्रो हुन्छ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ । परिवारबाट असहयोग हुनेछ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

कर्कट : दैनिकी र ग्रहगोचर सामान्य छ । शिक्षा, वैदेशिक, आर्थिक र पारिवारिक क्षेत्र राम्रो छ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

सिंह : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा चुनौतीपूर्ण बन्नेछ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

कन्या : दिन राम्रो छ । श्रमको मूल्य प्राप्त हुनेछ । स्वदेशी लगानी भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ । पूर्व जाने भए सवारीको गतिमा ख्याल गर्नुपर्छ ।

तुला : दिन सामान्य छ । समाजले तपाईंको गल्तीको खोजी गरिरहेको देखिन्छ । आफूले आफूलाई चिनेर काम गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ ।

वृश्चिक : समय सामान्य राम्रो छ । बोलीको राम्रो प्रभाव रहने छ । आर्थिक क्षेत्रमा विवाद हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

धनु : दिन सुखमय हुनेछ । नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ । बन्धुबाट सहयोग प्राप्त हुनेछ । स्वदेशी लगानीबाट राम्रो आम्दानी हुनेछ । मनको कुरा सबै खोलेको भए दुर्व्यवहार सहनुपर्ने हुनसक्छ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । आम्दानी वृद्धि गर्न पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ । यसले सोचेको काम सफल हुनेछ । सामाजिक क्षेत्र विवादित छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । रोकिएर रहेका काम सहज हुनेछन् । आर्थिक उन्नति गर्ने दिन छ । सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । वैदेशिक भन्दा स्वदेशमै लगानी गरेको भए फाइदा हुनेछ । परिवारबाट साथ नमिल्न सक्छ ।

मीन : दिन सामान्य छ । आफूले गरेको राम्रो कामको जस अरुले लिनेछन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बनेका योजना अधुरा बन्नेछन् । आफन्त र परिवारले साथ र सहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved