आज २०८० साल माघ ४ गते बिहिबारको राशिफल

  • माघ ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । आज २०८० साल माघ ४ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी १८ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। 

मेष : समय राम्रो छ । तपाईंको रोजाइमा रहेका सबै क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन जाने देखिन्छ । आज के माग्ने भन्दा के दिएर सेवा गर्ने भन्ने सोच राख्नु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

वृष : दिन सामान्य छ । हरेक क्षेत्रमा अप्ठेरो परिस्थिति छ । शिक्षाका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विरोधका स्वर सुनिए पनि परिवारको साथ मिल्नेछ ।

मिथुन : समय राम्रो छ । लगानी गरेका हरेक क्षेत्रमा फाइदा हुनेछ । विद्या, बुद्धि र व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दैनिकी सामान्य छ । झुटो आरोप लाग्न सक्छ । झुक्याउने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु आवश्यक छ । परिवारमा विश्वासको खडेरी लाग्नेछ । प्रेम सम्बन्ध असफल हुनसक्छ ।

सिंह : दिन राम्रो छ । श्रमको सबैले प्रशंसा गर्नेछन् । दिन रमाइलो बन्नेछ । हरेक क्षेत्र सबल भए पनि परिवारको विश्वास गुम्नसक्ने खतरा देखिन्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

कन्या : दिन राम्रो छ । फरक प्रस्तुति आवश्यक देखिन्छ । सत्य कुरा बोल्न नसक्दा अरुले फाइदा लिनेछन् । परिवारको सहयोग हुने भएकाले दिन रमाइलो बन्नेछ ।

तुला : दैनिकी राम्रो छ । लगानीबाट राम्रो प्रतिफल मिल्ने योग रहेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा हौसला मिल्नेछ । पुराना साथीसँगको भेटले दिन रमाइलो बन्नेछ ।

वृश्चिक : दैनिकी सामान्य छ । झुटा आरोप सुन्नुपर्ने योग रहेको छ । आफूभन्दा ठूलाको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । बसाइँसराइको पीडा भोग्नुपर्ने देखिन्छ । शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारमा खटपट हुने देखिन्छ ।

मकर : दैनिकी सामान्य राम्रो छ । वादविवाद हुनेछ । आरोप लाग्नसक्छ । गणेशको स्मरण गरेमा मात्र काम सफल हुनेछ । परिवामा समस्या हुनसक्छ ।

कुम्भ : दिन सामान्य छ । तनावमा समय जानेछ । तपाईंको राशिलाई शनिदेवको छाया रहेको छ । हनुमानको चिन्तन गर्नाले धेरै समस्या टरेर जानेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ । मन प्रशन्न हुनेछ । वैदेशिक क्षेत्रमा ठगी हुने भएकाले सचेत बन्नुपर्छ । परिवारको साथ र सहयोग राम्रो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved