फागुनमा हुने आन्दोलनकालागि तयारी अवस्थामा रहन कार्यकर्तालाई अध्यक्ष लिङ्देनको निर्देशन

कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन

  • माघ ६, २०८०
  • कालापानी मिडिया
alt

झापा । पार्टीले आगामी फागुन महिनामा गर्ने काठमाडौँ केन्द्रित आन्दोलनका लागि तयारी अवस्थामा रहन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीद्वारा झापाको बिर्तामोडमा शनिबार आयोजित विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले फागुन महिनामा गरिने काठमाडौँ केन्द्रित आन्दोलनले अन्य दल तथा दलका नेतालाई घुँडा टेकाएरै छाड्ने दाबी गरे।

उनले उक्त आन्दोलनलाई निर्णयमा पुर्‍याएर मात्र टुंग्याउने बताए। लिङ्देनले भने, ‘देशका प्रत्येक नागरिकले खोजेको परिवर्तन हामीले उठाउनुपर्छ। हाम्रो आन्दोलनले नागरिकको आवाज बोक्छ। १०/२० हजार मान्छे मात्र भए भने हाम्रो पार्टीको प्रचार भो भनौंला। तर, लाखौं मान्छेले काठमाडौँ घेरे भने के सरकारले हामीलाई गोली हान्छ ?’

पार्टीले गर्ने आन्दोलनले अन्य पार्टीहरूलाई कि सच्याउने कि सिध्याउने उनको दाबी थियो। पार्टीभित्र पहिला नेतृत्वमा बसेर असफल भइसकेका व्यक्तिहरूसमेत रहेकाले कहिलेकाहिँ वातावरण खल्बल्याउने प्रयास हुने गरेको उनको भनाइ थियो। तर अहिले राप्रपाको सवारी चलाइरहेको चालकले सफलतापूर्वक गन्तव्यमा पुर्‍याउने र अहिलेको चालकलाई विश्वास गर्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्झाए।

कोशी प्रदेशको सभामुख पद लिएको विषयमा पार्टीमा तथा जनतामाझ भ्रम छर्ने काम भएको उनले बताए। राप्रपाले सभामुख नलिँदा प्रदेश खारेज हुने भए तत्काल सभामुख तथा प्रदेश सभा सदस्यहरूले राजीनामा दिएर मैदानमा उत्रिने राप्रपा अध्यक्ष लिङ्देनले बताए। उनले भने, ‘सभामुख नलिँदा तत्काल प्रदेश खारेज हुने होइन होला। हुने भएछ सभामुख मात्र होइन, प्रदेशका सांसदले पनि राजीनामा दिन्छन्।’


प्रदेश सरकारको संरचनाप्रति नै असहमत रहेको राप्रपाले बागमती र कोशी प्रदेशमा सभामुख खाइरहेको छ । बागमतीमा एमालेसँगको गठबन्धन सरकार हुँदा नै सभामुख खाएको राप्रपाले कोशीमा २४ पुसमा कांग्रेस-माओवादी गठबन्धनसँग मिलेर सभामुख पद लिएको हो । तर कोशीमा सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसँगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

राप्रपाबाट कोशीको सभामुखमा अम्बरबहादुर विष्ट र बागमतीमा भुवन पाठक छन् । गणतन्त्र र संघीयताविरुद्ध आन्दोलन गर्ने बताइरहेको राप्रपामा सोही संरचनाभित्र पदलोलुपता देखिन नहुने भन्दै पार्टीभित्रै कोशीमा भएको सभामुख नियुक्त निर्णयमा असहमति थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved