युवराज्ञी हिमानी शाहद्धारा काभ्रेको धनेश्वर मन्दिर र चण्डेश्वरीको विशेष पूजा (फोटो फिचर)

  • माघ ६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । युवराज्ञी हिमानी शाहले काभ्रेको धनेश्वर महादेव र चण्डेश्वरी माताको विशेष पूजा अर्चना गर्नु भएको छ ।

शनिबार बिहान स्थानीयको निमन्त्रणमा काभ्रे पुग्नुभएकी युवराज्ञी शाहले स्थानीय धनेश्वर महादेव र चण्डेश्वरी माताको दर्शन संगै विशेष पूजा अर्चना गर्नुभएको हो ।

उहाँले स्थानीय धनेश्वर महादेव आधारभूत विद्यालयको एक कार्यक्रममा सरिक हुदै विद्यालय अवलोकन तथा निरिक्षण र विद्यालयका विद्यार्थीलाई पुस्तिका सम्रागी वितरण समेत गर्नुभयो। धनेश्वर मन्दिरको दर्शन र धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरणपछि हिमानी शाहलाई राजपरिवार बस्दै आएको जिल्लाको पहिलो रिसोर्ट धुलिखेलको हिमालयन होराईजनमा आतिथ्यता गराइएको थियो । केही समयको विश्रामपछि हि युवराज्ञी शाह बनेपाको चण्डेश्वरी मन्दिर जानु भएको हो ।

उहाँले चण्डेश्वरीको दर्शन विशेष पुजाआजासँगै बनेपाका समाजसेवी नेपाल सुधार भैलले व्यक्तिगत लगानीमा निर्माण गरेको नारायणको प्रतिमा उद्घाटन गर्दै नारायण भगवानको विशेष पूजा समेत गर्नुुुभयो ।

बनेपाका समाजसेवी तथा राप्रपाका युवा नेता उदय सिंङ्ग मुस्याजुले शाहलाई मायाको चिनो प्रदान गरेका थिए भने  बनेपाको चण्डेश्वरीमा बृद्दाश्रम निर्माण गर्न सहयोगको अपेक्षा सहित समाजसेवी उद्दव तिमल्सिनाले अनुरोध पत्र पनि बुझाएका थिए ।

 जिल्लाका युवाहरुसँग साक्षात्कार सहित जिल्लाका विभिन्न वस्तुस्थितिका बारेमा हिमानी शाहलाई जानकारी गराइएको र उहाँले जिज्ञासा लिएको कार्यक्रम मूल समारोह समितिका संयोजक रोशन श्रेष्ठले बताए ।

यता कार्यक्रममा राजसंस्था पक्षधरहरको थेगी नसक्नु भिड थियो भने उनिहरुले राजा ल्याउँ देश बचाउँ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिमानी सरकारको जयहोस लगायत नाराहरु लगाएका थिए । साथै युवराज्ञी शाहको दर्शन गर्ने स्थानीयकोे भिडपनि उल्लेख्य थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved