राजा ज्ञानेन्द्र धार्मिकस्थलको अवलोकन तथा पूजा गर्न हेटौंडा प्रस्थान गर्दै, दिउँसो १२ बजे चुरियामाईमा भब्य स्वागत

  • माघ ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह हेटौडाका धार्मिकस्थलको अवलोकन तथा पूजा आरधना गर्न त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको छ ।

राजा आइतबार हेटौंडाका धार्मिकस्थलहरुको अवलोकन पूजाआजा र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि त्यसतर्फ जान लाग्नुभएको हो । राजा शहले हेटौंडा १३, पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा -१० स्थित भुटनदेवी मन्दिर पनि जाने कार्यक्रम छ ।

राजा शाहलाई भव्य स्वागत गर्न राप्रपा, राप्रपा नेपाल र रास्ट्रवादीहरुले तयारी तिब्र गरेका छन । शाहको स्वागतमा मकवानपुर-१ बाट राप्रपाका प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार १ सय ११ जनाको मूल समारोह समिति गठन गरिएको छ । यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि व्यापक तयारी गर्न जिल्ला पार्टी पंक्तिमा निर्देशन दिएका छन । 

मध्यान्ह १२ बजे हेटौंडा १५ स्थित चुरियामाई मन्दिरमा राजाको भब्य स्वागत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved